मुलुकको खजाना लुटेरै सखाप भो
भरोषा र आशा चुटेरै सखाप भो
गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखाप भो
अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखाप भो
इलम क्यै नपाई युवा शक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखाप भो
सबै छल कपटमा जुटेरै सखाप भो