मुटु फुट्ने रातहरु फुल्छन कि कतै स्विटी
मन जुट्ने बातहरु झुल्छ्न कि कतै स्विटी
दुइ पंक्षी मायाका उडछन सँधै एकै बेगमा
तन लुट्ने मातहरु घुल्छ्न कि कतै स्विटी
खोइ कता चाहना बासना छरिन्छ कि यता
जीवन खुटने जातहरु खुल्छन कि कतै स्विटी
खुली बोल्नु भावना कल्पना रित्तिन्छ कि यता
जोबन फुट्ने घातहरु चुल्छन कि कतै स्विटी