मुटुमा हुन्छ माया त जातमा के देख्यौ
र त छुटायौ माया यो हातमा के देख्यौ
उर्लियो भन्दैमा जहितहि पोख्न हुन्नथ्यो
तर पोख्दै हिड्यौ जवानी मातमा के देख्यौ
जोखेर कहा नापिन्छ त्यो तराजुमा माया
तै पनि जोख्यौ धनको खातमा के देख्यौ
स्वच्छ चोखो निर्मल निश्चल थियो माया
यति हुदाहुदै तिम्ले जनेली रातमा के देख्यौ