मुटु मेरो, चर्काएर गयौ
आसै आसमा, पर्खाएर गयौ ।।
माया गर्छौ, आफुलाई भन्दा धेरै
कुन्नी केभो ?,थर्काएर गयौ ।।
अमृत भित्र, बिष नघोलभो
पिउ भन्दा, सर्काएर गयौ ।।
पर्खिबसे सधैंझै, तिम्रो प्रतिक्षामा
नदेखेझै नजर, तर्काएर गयौ ।।
बिषादिको जल, छर्काएर गयौ ।।
मुटु मेरो, चर्काएर गयौ ।
आसै आसमा, पर्खाएर गयौ ।।