मुटु मेरो चर्किएर आज फुट्ला जस्तो भो
मेरी उनी तर्किएर माया, छुट्ला जस्तो भो ।।
किन तर्सिदैछु आफ्नो छाया हेर्दै आँफै
तस्बिरले नि फर्किएर गाला चुट्ला जस्तो भो ।।
सम्झ्नामा एकोहोरो हुँदा, रसाएछन परेलिहरु
अश्रुधारा धर्किएर खुशी लुट्ला जस्तो भो ।।
यसो झकायथे आहा !! कती मिठो सपना
भुई थर्कियर निन्द्रै टुट्ला जस्तो भो ।।
हाँस्दै हसाउने सधैं, कहिले नरिसाउने मान्छे म
आँफैसँग झर्कियर, पाक्कपुक्क कुट्ला जस्तो भो ।।