न त टेक्ने हाँगो हजुर न समाउने डाली भेटें
भेट्नु भेटें जति भेटें हाँडीभन्दा काली भेटें
कहिँ गोरी कहिँ भैंसी कहिँ बत्तीसै बंगारे र
अलि राम्री भनाउदाकी ओठ भरिको लाली भेटें
कुखुराको जस्तो वैशमा सहि गलत छुट्टीएन
जब होसमा आएँ हजुर सबै केटी जाली भेटें
कैले पुर्व कैले पश्चिम चक्कर पनी काटेकै हो
गोलि ठुस्सा मुक्का-मुक्की अनि कैले गाली भेटें
कुटी बेहोश बनाएछन् ब्युंझिदा त नाली भेटें
~दृष्टी-वाटीका साहित्यिक समाज मुम्बई