न थर छ न त भर भन्न कर लाग्यो
लावारिस भो के डर भन्न कर लाग्यो
पत्थर पुज्नेहरुको जमातमा न परे
टुट्छ प्रेम छैन भर भन्न कर लाग्यो
सम्पतीको औकातमा ठालु बन्नेलाई
निमेक गर्नेले सर भन्न कर लाग्यो
बनाउने चाहि साच्चै जेठमा नै हो ?
बन्दैन र त पो तर भन्न कर लाग्यो
मेरा पनि आफ्नै केहि बाध्यताहरु छन्
रत कि मर कि गर भन्न कर लाग्यो