नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना
दिदीबहिनी, दाजुभाइ, देश र विदेश सबमा
सदभावको दीप बलोस मेरो शुभकामना
रातो दिनको खिचातानी,छल र बेइमानी
खरानी भै छिट्टै जलोस मेरो शुभकामना
हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना
उन्नतिमा पाइला चलोस मेरो शुभकामना