नबोलाउन एकान्त मा भेट्ने मन छैन ।
चुलेसि को धारले गला रेट्ने मन छैन ।।
मेरोमाया दुइदिनको खेलौना नै सम्झियौ ।
घात गर्ने तीम्रो त्यो मुख देख्ने मन छैन ।।
दुनियाँले के के भन्ला तीमि लाई भेट्दा ।
सबै सामु कलङ्क दाग लेख्ने मन छैन ।।
थियो माया महँगो नै सस्तो ठानिदिएछौ ।
आलो घाऊ यो तीमि सँग सेक्ने मन छैन ।।
गएहुन्छ ढुक्क भई मनले रोज्या तिरै ।
पहिला जस्तै जता ततै छेक्ने मन छैन ।।