नबोलेका कुराहरु मीठा लाग्छन् आजभोली
नखोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
दोषादोष मुखामुख गर्छौ तिमी केका लागि
नपोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
केके बोलें मातैमातमा खिचडी नै बन्यो अरे
नमोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।
चाहे तिमी सुन हाल नत फेरी चांदी मिसाऊ
नघोलेका कुराहरु मीठा लाग्छन् आजभोली ।