नचम्क तिम्रो शान क्षणिक हो
मन्त्रीको स्वाभिमान क्षणिक हो ।
बेच लुट सक्दो मोज मज्जा गर
पदमा रित्तो बखान क्षणिक हो ।
कर्णाली रुँदैछ तिमी धोक्रो भर
बिदेशी यो अनुदान क्षणिक हो ।
जान्छ कुर्ची त्यो लुटिन्छ पजेरो
सिंहदरबारको पहीचान क्षणिक हो ।
कोशी गण्डकी उर्लिंछन जब
इँट सिमेन्टको ढलान क्षणिक हो ।
तिम्लाई दुईचार चड्कान क्षणिक हो ।