नजानिदो पाराले नै, तिर हान्ने तिम्रो बानि
थोरै कुरा भन्दा मैले, धेरै जान्ने तिम्रो बानि
जति टाढा भए भन्छु, खै कसरी नजिकिन्छौ
नजरको बल्छि हानि, पास तान्ने तिम्रो बानि
हसिलो त्यो मुहारमा, देख्दिन त औशि कैल्यै
जिन्दगीका दु खलाई नि, सुखै ठान्ने तिम्रो बानि
ढाट छल नगरे रै, मेहनेत मै रमाउछौ
नराम्रोलाई पर फालि, राम्रै छान्ने तिम्रो बानि
मोहनि त्यो बोलि बोल्दै, माया मान्ने तिम्रो बानि