नजन्मदै सबिंधानको, भृण भित्रै मार्यौ किन ?
त्यहि मरया भृण सम्झि, गोहिका आँशु झार्यौ किन ?
थाह थियो यस्तै हुन्छ, बिहानिले दिन दोखाथ्यो
कामै गर्न नसक्नेले,मिति मात्रै सार्यौ किन ?
जनताकै खुन पसिना, भत्ता बनाई खाए पछि
देश रोएको देखाउनलाई, भोलि भन्दै टार्यौ किन ?
कुर्लि हिड्थ्यौ हिजो सम्म, आज हेर रुन्चे मुहार
हुतिहारा नेता बन्दै, जनता दु खी पार्यौ किन ?
थोरै माया यो देशको भए, हुन्थ्यो भने छाति भित्र
गर्थ्यौ काम मरिमेटी, आफै सगँ हार्यौ किन ?