नजाउ हजुर मुङ्लानमा बन पाखा धाउला ।
ढिडो सिस्नो मिठोगरी साझबिहान खाउला ।।
मागेको भिख भन्दा पसिनाको फल मिठो ।
खेत बारी ले नपुगे मा कुटो खन्न जाउला ।।
चौतारी मा मन बिसौदै सुसेलिको भाकामा ।
हाक्पारे र दोहोरी त्यो थकाई मार्न गाउला ।।
किनेको सुख भन्दा दु:ख को साथ मिठो ।
खुशी को सागर बर्षाई हामी यही रमाउला ।।
दु:ख भएनी सङ्गैबसी मायाप्रिती लाउला ।।