नजिक हुँदा मलाई बचनै ले टार्छौ किन ?
एकैछिन टाढाहुँदा आशु मात्र झार्छौ किन ?
लुकी छिपी जाउभन्छु ईशारा ले बोलाँउदै
आखाजुधाइ तीमी मायाजालमा पार्छौकिन ?
पल भर छुट्नु पर्दा सधैं म रुन्छु भन्छौ
एकैसाथ बसौभन्दा मायाअन्तै सार्छौकिन ?
झुटो होइन साचो प्रित मैले लाउछु भन्दा
मेरो माया बगाएर किनारामा तार्छौ किन ?
अँगालोमा कस्नखोज्दा टाढैबाट बार्छौकिन ?