नखोज मलाई फूलमा पातमा
बिलिन हुँदै छु अँधेरी रातमा !!
नदेखाउ सपना कृतिम कोरेर
रम्न म चाहन्छु दु:खको खातमा !!
कानुन बनायौ छुवाछुत अन्त्यको
आखिर लान्छना लगायौ जातमा !!
इमान सम्मान राष्ट्रियता बेचेर
नेता झै बिक्दिन सडेको भातमा !!
मात्तिनु हुँदैन बैशको मातमा !!