नखोज मलाई तिम्रो नजरमा मरी सके
नसोध्नु कहिल्यै स्वर्गको सागर तरी सके॥
फूलेर सुगन्ध दिने रहरमा हुँदा हुँदै
लागेर तेजाव त्यसै जमिनमा झरी सके॥
व्यर्थको जीवन काट्न गाह्रो रैछ बाँच्न यहाँ
त्यसैले सँसार देखि धेरै टाढा सरी सके॥
रहर सकियो बाँच्न आउँदिन अब फर्की
भुल्दिनु सधैको लागी भुमरीमा परी सके॥
एक्मुथी प्राणनै जाने गरी बिष भरी सके॥