नलडेरै युध्द यहाँ जीत खोज्दैछु म ।
आफ्नै भाषा संस्कृतिको गीत खोज्दैछु म ।
सबै छन् नयाँ नौलो कोही छैन आफ्नो,
नाता गाँस्न आज यहाँ मीत खोज्दैछु म ।
पीर ब्याथा मुटू माँझ सँधै संगालेर,
तिम्रै खुशी तिम्रै लागी हित खोज्दैछु म ।
आशा अनी अभिलाषा पाली मनै भरी,
शुबः हुँदै हराई जाने शित खोज्दैछु म ।
आफ्नै कला संस्कारको रित खोज्दैछु म ।