नङ मासु जस्तो साथ छुट्टिदाको दिन रोएँ
भावी बाटै भाग्य सारा लुट्टीदाको दिन रोएँ ||
जिन्दगीको चालु रथ अचानक रोकिएर
अनगिन्ती सपनाहरु टुटिँदाको दिन रोएँ ||
थोपा थोपा रगतले जन्माएका हजारौं ति
रहरहरु त्यो हाँडीमा भुटिँदाको दिन रोएँ ||
भोक भोकै ब्रत बसी फूल पाती चढाएको
त्यहि दैवको लाठिबाट कुटिँदाको दिन रोएँ ||
मुर्ति रुपी इश्वर पनि फुटिँदाको दिन रोएँ ||