नशामा नै झुल्दै गयौ, म के गरुँ?
सत्य सबै भुल्दै गयौ, म के गरुँ ?
शत्रुले झै व्यबहार, गर्यौ मलाई
बिष भित्र घुल्दै गयौ, म के गरुँ ?
गन्तव्य नै भुलिदिदा, आज यस्तो भो
अन्धकारमा डुल्दै गयौ, म के गरुँ ?
दिल भित्र फुलाउन, खोजेकै त हुँ
पहरामा फुल्दै गयौ, म के गरुँ ?
धेरै गरे इज्जत तिम्रो, जोगाउनलाई
दोबाटोमा खुल्दै गयौ, म के गरुँ ?