नसोचेको आंधी-तुफान उठ्यो अनायासै
समयले निर्घातसंग चुट्यो अनायासै
सम्हालिदा-सम्हालिदै, भयो धुजा-धुजा
सपनाहरु काँच जस्तै फुट्यो अनायासै
आफु लागें पश्चिमतिर तिमि लाग्यौ पूर्व
आरम्भमै यात्रा हाम्रो छुट्यो अनायासै
गाँस्न खोजें अजम्बरी साइनो तिमीसंग
बाध्यताले जिन्दगि नै लुट्यो अनायासै
नजोडीदै नाता हाम्रो टुट्यो अनायासै