नव वर्ष खुशी बनी, सबको मनमा फुली देउ ।
बुद्दको शान्तीफैलाई, सबको मनमा डुली देउ ।।
नयाँ बिचार उमँग मा, बषन्तको पालुवा भई ।
हासो छर्दै वर्ष भरी, सबको मनमा झुली देउ ।।
के युवा के प्रौढ के महिला, के पुरुष सबैलाई ।
प्रगतिको बाटोलाग्न, सबको मनमा घुली देउ ।।
यहाँ भाई भाईको झगडामा, देश रगताम्य भो ।
शान्तीको नै बिउरोपी, सबको मनमा हुली देउ ।।
रिस राग इर्ष्या फाल्न लगाइ,स्वछमनले फेरी ।
उन्नती मा डोर्याएर, सबको मनमा चुली देउ ।।