नयन भरी याद आइरहे तिम्रै रुपको ।
जिबन भरी रात छाइरहे तिम्रै रुपको ।।
उजाड सरी छन् मौसम तिमी बिना यहाँ ।
जोबन भरी घात पाइरहे तिम्रै रुपको ।।
धमिला जस्तै छन् सपना तिमी बिना यहाँ ।
योबन भरी मात खाइरहे तिम्रै रुपको ।।
अमिला जस्तै छन् बिपना तिमी बिना यहाँ ।
योमन भरी जात लाइरहे तिम्रै रुपको ।।
भावना जस्तै छन् तिर्सना तिमी बिना यहाँ ।
योतन भरी हात धाइरहे तिम्रै रुपको ।।