नयन भित्र ''आँशु'' को मुल बनी पस्यौ नि ।
सुबाश छर्दै ''आँशु'' को फुल बनी बस्यौ नि ।।
मन्द मन्द मुस्कान मा... नबिजाउने गरी ।
थाहै नपाई ''आँशु'' को तुल बनी खस्यौ नि ।।
खाली मन को मझेरी मा... कैद गरी राख्छु ।
जीवन भरी ''आँशु'' को पुल बनी रस्यौ नि ।।
गोरेटो त्यो टुँगिन्दा... दोबाटो मा अल्मलियौ ।
बाटो बिराई ''आँशु'' को हुल बनी फस्यौ नि ।।