नेपालमा जन्मे नेपालमा हुर्के, नेपालमै मर्न पाउँ
जे गर्छु कर्म बाचुन्जेल सम्म, नेपालमै गर्न पाउँ
सुखमा खुशी बडौला यिनै, डाडा र पाखा लाई
दु:खमा पनि बनेर आशु, यहि माटो झर्न पाउँ
देशले मागे बगाई रगत, निस्वार्थ भाबले
सिचेर धर्ति फुलाई फुल, सुवास छर्न पाउँ
अन्तिम इक्षा देशको निम्ती, बलिदान केहि गरी
सार्थक पार्दै यो जिन्दगानी, बैतर्णी तर्न पाउँ