तराई र पहाड अनी, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउठाँउ, नेपाल रोएको छ
जती बग्नु बगी सकें रगतका खोला
पुछ्दै आँसु बन्दुकको नाल रोएको छ
रोल्पा रुकुम बिनाशै भो दशा मडारियो
भोका पेटको कुरै छोडौ थाल रोएको छ
कालापानी जल्दै गर्दा सुस्ता सङ्गै ढल्दा
क्षिण बन्दै गोर्खालिको ढाल रोएको छ
क्षतबिक्षत भयोदेश “अनुभव” ले भन्छ
लासहरुको थुप्रो देखी काल रोएको छ