नेपालिका हर दु:ख, फालेर आउ नयां वर्ष
छिया छिया मनलाई, टालेर आउ नयां वर्ष
पुरानोलाई सिध्याउदै, नयां काम शुरु गर्न
केही राम्रा योजना ति, थालेर आउ नयां वर्ष
बिकृति र बिसगंति, नैराश्यलाई हटाउदै
उत्साह उमगं मन भित्र, पालेर आउ नयां वर्ष
अबरोधले सकिएन, कुनै काम पुरा गर्न
जोशिला ति पाईलाहरु, चालेर आउ नयां वर्ष
धनिलाई मात्र हैन, मजदुर अनि गरीबलाई
पुग्छ भने थोरै खुशि, हालेर आउ नयां वर्ष