छिमेकी ले कानफुक्दा सुन्न थाल्यौ ।
भित्र भित्रै जाल साजी बुन्न थाल्यौ ।।
गरीब देश का जनता झुक्याई ।
आँफै लाई नेता भनी चुन्न थाल्यौ ।।
कोशी,गण्डकी,कर्णाली,काली बेची ।
आफ्नोलागि सम्पत्तीपो तुन्न थाल्यौ।।
जनता ले भोट् दिए बुझ्ला भन्दै ।
गास बास खोसी आँफै उन्न थाल्यौ ।।
मोज मस्ती को सपना गुन्न थाल्यौ।।
आफ्नो लागि जनताले न्याय माग्दा ।
देश द्रोही तक्मा दिदै थुन्न थाल्यौ ।।