निर्दोष मेरो दिल जलाएर गयौ तिमी
जिउदो लास सरि ढलाएर गयौ तिमी
जीवन भर संगै बाच्ने संगै मर्ने भनि
जलाई आशा मलाइ छलाएर गयौ तिमी
देउता सरि पुजी मुटु भित्र राख्दा मैले
हृदय भित्र छुरा चलाएर गयौ तिमी
दुनिया सामु शिर उठाएर बाच्ने मेरा
सपना माथि आगो लगाएर गयौ तिमी
डोलीमा पन्चे बाजा बजाएर गयौ तिमी