निर्मोहीले फसाई, छाड्यो नानाभाति गर्दै
अङ्गालोमा कसाई, छाड्यो नानाभाति गर्दै
रुपैकी छौ खानि, मेरो दिलकी रानि भन्दै
त्यो छातिमा टसाई, छाड्यो नानाभाति गर्दै
ज्यानै लाने मुस्कान, भन्छ अझ नजिक सरी
तान्दै काखमा बसाई, छाड्यो नानाभाति गर्दै
दु:ख दिने छैन, सानि भन्दै मिठो बोलि
साच्चै मलाई हसाई, छाड्यो नानाभाति गर्दै
मन सगँ खेल्दा खेल्दै, मायाको त्यो किलो
दिल भित्र धसाई, छाड्यो नानाभाति गर्दै