निर्मूल पार्न न सकेनी घटाऊँन त सकिन्छ ।
एक्लै लड भन्दीन हात बटाऊँन त सकिन्छ ।
हामी एकतामा बाँधिएर युवाशक्ति उठ्नु पर्छ ।
देश-द्रोही को गुठ्बन्दी फटाऊँन त सकिन्छ ।
हाम्रै हात मा छ सबै दिमागले काम गर्नु पर्छ ।
भुंडी पलटाई बस्ने लाई, हटाऊँन त सकिन्छ ।
स्वाभिमानी नेपालीको लाज अब राख्नु पर्छ ।
निस्वार्थले राम्रो मान्छे खटाऊँन त सकिन्छ ।
अस्मिता हाम्रो लुटिनेछ अँझ हाम्ले नसोंचेत ।
त्यस्ता पापीलाई लोपो चटाऊँन त सकिन्छ ।
आवाज लि आउ विधान छंटाऊँन त सकिन्छ ।