निस्पट्ट त्यो अँधेरी रात काफी थियो
बेहिसाब दुखको खात काफी थियो !!
हामी सबै मिलेर फेरौं जुनी भन्दा
फेरी उस्तै पुरानो बात काफी थियो
भाइ चारा सम्बन्ध किन टुट्यो आज?
हिजो सम्म बलियो साथ् काफी थियो
घिउ थप्यो आगोमा,स्वार्थ पुरा गर्न
घर भांड्न बैरीको हात काफी थियो !!