नियतिले छल्दै छ, छले पनि गै हाल्छौ,
छाती मेरो जल्दै छ, जले पनि गै हाल्छौ।
तिमीसितै जानेछन्, मेरा हाँस्ने बहाना,
जुनीभर आँसु मात्रै, फले पनि गै हाल्छौ।
जिन्दगीमा अर्को भेट, हुन्छ हुन्न के थाहा?
पीडाले मन गल्दै छ, गले पनि गै हाल्छौ।
वारि-पारि पार्नेछ, घामको लाली किरणले,
आँधीहुरी चल्दै छ, चले पनि गै हाल्छौ।
म त सोच्नै सक्तिनँ, जीवन तिमीविनाको,
सायद जीवन ढल्दै छ, ढले पनि गै हाल्छौ।