ङोलो अनि ङोलोस्यो रमाउदै होला
रोदिमा दोहोरी खाल जमाउदै होला
आयो ल्होच्छार यसपालीनी उसैगरी
आशीमाला भन्दै हात थमाउदै होला
एकातिर फ्रेसी अनि अर्कोतिर रिमइ
सोरठी भाकामा छम छमाउदै होला
ङलाई भने सम्झनाले सताईराछ अति
क्योलाई पनि यादले समाउदै होला
शब्दार्थ:
ङोलो= सोल्टि
ङोलोस्यो= सोल्टिनी
रोदि= गुरुङ्गहरुको गित गाउने घर
आशीमाला= शुभकामना
फ्रेसी= ठिटाहरु
रिमइ= ठिटीहरु
ङ= म
क्यो= तिमी