नुन खान धौ धौ भा'छ, सुन को कुरा गर्छ सरकार ।
हरेक रात औसि भा'छ, जुन को कुरा गर्छ सरकार ।
देश्मा रोजगार नहुदा नै युबाशक्ति बिदेशियो ।
गास बास कपास, उन को कुरा गर्छ सरकार ।
दिन दिनै मिचिदै छ,नेपाल को साध सिमाना ।
कहिले भारत अनि, चिन को कुरा गर्छ सरकार ।
दश बर्से युद्ध काल मा, कयौ सहिद भए पनि ।
संबिधान सार्दैअर्को,दिन को कुरा गर्छ सरकार ।
हरेक रात औशि भा 'छ, जुन को ... ।