नुन पानीले पेट यो भर्दा पनि यहा
विस्तारै विस्तारै ज्यान हर्दा पनि यहा
किन हुन्न समाचार कहिले पनि यी
सिटामोल नपाएर मर्दा पनि यहा
जनताको लागी अब सरकार खै त
भोकमरीमा जनता पर्दा पनि यहा
असमानता कहा छैन हेरे पुग्छ यति
कोहि हुन्न एक्लै खोली तर्दा पनि यहा