ओठ छ भन्दै जता ततै हास्न नमिल्ने ।
बैश छ भन्दै मायाप्रिती गास्न नमिल्ने ।।
चाहना ले यो मन छुदा गुलाब झै हुन्छ ।
फुल्न नदीइ कोपिला मै लास्न नमिल्ने ।।
एकहुन्छ खोज्यामान्छे हजारौको भिड्मा ।
मन पर्या सबै छातीमाथि टास्न नमिल्ने ।।
आँखा भरी सजिए को धेरै हुन्छ सपना ।
अपुरा ति इच्छाहरु लाई छास्न नमिल्ने ।।
आफ्ना लाई छोडेर अन्तै भास्न नमिल्ने ।।