जतीजती भित्री अङग छुवाउदै जानेछौ
गिद्धलाई आफ्नो मासु खुवाउदै जानेछौ ।
बेच बेच आफ्नो शरीर पैसाको लोभले
हल्का बाँकी इज्जत पनि कुवाउदै जानेछौ ।
न मिल्ला रस तिम्रो न राग देखौली
यौनले मत्त चालहरु चुवाउदै जानेछौ ।
समाजमा भोली बाउको नाम दिन नसकी
गर्भका ति भ्रुणहरु तुवाउदै जानेछौ ।
आफ्ना सन्तान उत्तम देख्ने बाबुआमालाई
तिम्रैकारण बारम्बार रुवाउदै जानेछौ ।
पाप पखाल्न धाराकुवा नुवाउदै जानेछौ ।