पवित्र यो बस्तीलाई थुकेर पो गयौ ।
बदनामी भयौ र'त झुकेर पो गयौ ।
बगाउन खोज्दा गाउँ घरलाई यहाँ
क्रुरताको खडेरीमा सुकेर पो गयौ ।
सत्यताको अगी झुट नटिक्दा तिमी
कायर झैं डराएर लुकेर पो गयौ ।
सोजा बस्ति यो नि:श्लथ पार्ने दाउ हेरी
अचम्म नै गरि तिमी भुकेर पो गयौ ।
हल्का हल्का आँशु झार्दै दुखेर पो गयौ ।