पहरामा फुल्दै छरे हेर लोकतन्त्र त।।
गहरामा झुल्दै छरे हेर लोकतन्त्र त।।
तन्त्र मात्र गर्छन् नेता लोक उस्तै छ,
लहरामा खुल्दै छरे हेर लोकतन्त्र त।।
बिरहमा सधैभरी रुदै छन् जनताहरु,
टहरामा भुल्दै छरे हेर लोकतन्त्र त।।
नेपालीको आँखाभरी आँसु बनी सँधैलाई,
छहरामा घुल्दै छरे हेर लोकतन्त्र त।।
महरामा डुल्दै छरे हेर लोकतन्त्र त।।