पहिले चाहिं मेरै भर पर भन्यौ सानी,
अनायासै आफ्नै सुर गर भन्यौ सानी,
स्वार्थ पुरा गर्नलाइ माहिर रै'छौ तिमि,
गाउँ बाट सहरतिर झर भन्यौ सानी,
कठपुतली बनाएर भोग्नु-भोग्यौ मलाई,
आज फेरी अन्तै बसाईं नै सर भन्यौ सानी,
जुगौं-जुग नछुट्टिने कशम थियो हाम्रो,
बिर्सेछौ कि,जंघार नै तर भन्यौ सानी,
"रेशम"लाई नै मर्ने भए मर भन्यौ सानी,