पक्कै अब जन्म भुमि फिर्छु आमा
अत्याचारी क्रूर संग भिर्छु आमा ।
जस्ले गर्दा पल-पल रोयौ तिमी
आँशुको ति ऋण सबै तिर्छु आमा ।
झुक्न दिन्न तिम्रो शिर चाहे यहाँ
गिर्नै परे पनि म त गिर्छु आमा ।
आमुल त्यो परिवर्तन गर्न अब
वाचा गरें आफ्नै राष्ट्र छिर्छु आमा ।
हेरी राख अवस्य म झिर्छु आमा ।