पानी माथिको वोभानो, हुन खोज्नेलाई
चोखी नै छु म भनी, रुन खोज्नेलाई !!
ईज्जत जती सबै माटोमा मिलायर
साबुन पानीले दाग जती, धुन खोज्नेलाई !!
मिठा मिठा बात गरी झुट्टा कसम हरु खाई
मुटुभित्र बास मागी मन, छुन खोज्नेलाई !!
भो चाहिन्न अब जिन्दगीमा तिम्रो साहारा
बाई बाई हात हल्लाई मेरो,हुन खोज्नेलाई !!