परै बस नजिक नआउ, तिमिले छोए मात लाग्छ
समाजले देख्यो भने, झनै ठुलो बात लाग्छ
बोलाईमा उच निचअनि, बार लाग्ला औकातको
मायामा त नारी पुरुष, मात्र दुइटा जात लाग्छ
यो मायामा हार हैन, जित पक्कै हुनु पर्छ
शिशिरमा झरे के भो, बसन्तमा पात लाग्छ
छुदै छुन्न नभन है, यदि सगै बस्छौ भने
जानि जानि नहाने नि, अन्जान मै लात लाग्छ
अहकांरलाई त्याग गरी, सत्यताको साथ देउ
चाहना ति ठुला राख्दा, मात्र शुन्य हात लाग्छ