पराई को सिन्दुर पर्दा तीमिले केही मानेनौ ।
एउटा मुटु दुई वटा,हुँदा मलाई केही भनेनौ ।।
अन्माएर तीम्रो डोली,संघार काटी लान अघी ।
अग्नीराखी जीवनभाक्दा,अप्ठ्यारो नै मानेनौ ।।
मेरो दिलको धड्कन बढ्यो बेदना ले छट्पटाए ।
बेहोश हुँदै भुईमा ढल्दा,आफ्नो समिप तानेनौ ।।
जोडी फुट्दा चरी ले झै माया भनी बोलाई रहे ।
कुल्चिएर अघी बढ्यौ, मेरो आवाज सुनेनौ ।।
पुष्प गुच्छा चढाउदा नि, थुङ्गा सम्झी उनेनौ ।।