परेलिका बाँधहरुमा तिमीलाई नै खोजिरहेँ।
ओइलेका यादहरुमा तिमीलाई नै खोजिरहेँ।।
गयौ मेरो मनमुटुको चारै घेरा नाघि तिमी
यो मुटुको साँधहरुमा तिमीलाई नै खोजिरहेँ।।
अनायासै अस्ताईदियौ तिमी मेरो जिवनबाट
आकाशका चाँदहरुमा तिमीलाई नै खोजिरहेँ।।
हरपल आउँछ्यौ अनि झस्काउँछ्यौ मलाई
स्मृतीका यि खाँदहरुमा तिमीलाई नै खोजिरहेँ।।
थाकेका काँधहरुमा तिमीलाई नै खोजिरहेँ।।