परेली त्यो भिजाएर ''आँशु'' कतै झार्दैछौकी ?
आँफै चित्त दुखाएर ''आँशु'' कतै तार्दैछौकी ?
अस्ति सम्म राम्रै देखे हिजो आज अर्कै भयौ
बस्तीछोडि अन्तैबास ''तीमि'' कतै सार्दैछौकी ?
मन खोली बोल्थ्यौ सधैं थाहै नपाई फेरियौ
पलभर माया सम्झी ''तीमि'' कतै मार्दैछौकी ?
जीवन हाक्ने सारथी भने जस्तो नभेटाउदा
थकित जीवन सङ्ग ''आँफै'' कतै हार्दैछौकी ?
स्वार्थी कोही आएरनै तिम्रो खुशी लुट्यो भन्दै
हासो खुशी अरुसङ्ग ''आफै'' कतै बार्दैछौकी ?