परेली यो भिजाएर, रुने मन छैन ।
पिर ब्यथा पखालेर, धुने मन छैन ।।
म जे छु ठीक छु, अरुसङ्ग रोइ रोइ ।
हजुर भनी पाउमा, छुने मन छैन ।।
गर्व लाग्छ मलाई, आफ्नै पौरख देखी ।
त्यो दासत्वको जिन्दगी, हुने मन छैन ।।
दु:ख सङ्ग लड्नु पर्दा, आशु यो झारी ।
वर्षायाम को छानो झै, चुने मन छैन ।।
चिल्लो घस्दै अर्कैलाई, दुने मन छैन ।।