परी आए सिसाझैँ, चर्की आउँला,
जसरी नि सान्नानी, फर्की आउँला !
पराईको भूमिमा, धेरै बस्दिनँ,
बढीमा एकै वर्ष, पर्खी आउँला !
मनका सारा पीर-व्यथा, यहीँ छाडेर,
मुसलधारे पानीझैँ, दर्की आउँला !
भगवानले हात थाप्छन्, केही हुँदैन,
मृत्युबाट समेत म, तर्की आउँला !