पर्ख तिम्रो मिठो निन्द्रा, छिन्छे कालीले
अथाह माया तिमीलाई नै, दिन्छे कालीले
रिसाएर जहा जाउन, यहि फर्काउछु
नझुक्याउन तिम्रो माया, चिन्छे कालीले
पिडा भित्र नलुकाउनु, मिली बाडुला
तिम्रा सारा दु खलाई नि, लिन्छे कालीले
नाफा घाटा जे जे होला, चोखो मायामा
यो मन दिई त्यो मायालाई, किन्छे कालीले
अथाह माया तिमीलाई नै, दिन्छे कालीले